इटहरी / लायन्स क्लब अफ इटहरी ग्रिन सिटी , लायन्स क्लब अफ इटहरी इनोभेसन , लियो क्लब अफ इटहरी ग्रिन सिटी र लियो क्लब अफ इटहरी इनोभेसनको संयुक्त पदस्थापन कार्यक्रम इटहरी लायन्स भवनमा सम्पन्न भएको छ ।
लायन्स क्लब अफ इटहरी ग्रिन सिटीका अध्यक्ष दिलिप पराजुली र लायन्स क्लब अफ इटहरी इनोभेसनका अध्यक्ष डिल्लीराम वाग्लेको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा वर्ष २०२३/०२४ अध्यक्षका लागि लायन्स क्लब अफ इटहरी ग्रिन सिटीमा हेमा तमु गुरुङ र लायन्स क्लब अफ इटहरी इनोभेसनका लागि पदम कुमार लुङगेलिलाइ पदस्थापन गरेको छ ।

त्यस्तै लियो क्लब अफ इटहरी ग्रिन सिटी अध्यक्ष कृष्ण थापा र लियो क्लब अफ इटहरी इनोभेसन अध्यक्ष सुदन घिमिरेले वर्ष २०२४/०२५ का लागि लियो क्लब अफ इटहरी ग्रिन सिटी अध्यक्षमा प्रनिसा रिजाल र लियो क्लब अफ इटहरी इनोभेसनको अध्यक्षमा पारस खतिवडालाई पदस्थापन गरेको छ । 
कार्यक्रमको सहजीकरण पहिलो सेसनमा सरोज श्रेष्ठ ले गर्नुभएको थियो भने दोस्रो सेसनमा रबिन न्यौपानेले गर्नुभएको थियो।
कार्यक्रममा आफ्नो कार्यकालमा गरेका कार्य प्रस्तुति र आगामी योजनाबारे आफ्ना कार्ययोजना प्रस्तुत गरिएको थियो ।
डिस्ट्रिक गभर्नर बिजय हरि सर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नि वर्तमान गवर्नर धिरज गुरुङ का साथै फस्ट भाइस गभर्नर बिकास अधिकारी, सेकेन्ड भाइस गभर्नर बबर्जङग थापा,

पास्ट डिस्ट्रिक गभर्नर रेवत बहादुर कार्की, क्याबिनेट सचिब लिला प्रसाद चिमरिया र क्याबिनेट कोसाध्यक्ष्य अनुजा कोइराला लगायत बिभिन्न लायन्स क्लब का सदस्यहरूको साथै बिभिन्न क्षेत्रमा सक्रिय सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।


