विराटनगर / विराटनगरको सीमावर्ती क्षेत्र रानीबाट प्रहरीले ४० किलोग्राम गाँजा बरामद गरेको छ । मंगलबार राति भारततर्फ लैजाँदै गरेको ४० किलो लागूऔषध गाँजा बरामद गरेको हो ।
विराटनगर महानगरपालिका–१४ स्थित आईसीपी सडकखण्डबाट राति १० बजेतिर बरामद भएको प्रहरीले बताएको छ ।
को १७ प ८६३ नम्बरको मोटरसाइकलमा गाँजा फेला पारेको हो । प्रहरीलाई देख्नासाथ मोटरसाइकल छाडेर चालक फरार भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए । मोटरसाइकल र गाँजा नियन्त्रणमा लिएको प्रहरीले फरार रहेका चालकको खोजी भइरहेको बताएको छ ।


