सुनसरी / ५९ औं राष्ट्रिय बाल दिवस नगर बाल सञ्चाल इटहरीद्वारा उद्घाटन तथा सांस्कृतिक नित्य कार्यक्रम गरि उद्घाटन गरेको छ ।
इटहरी ६ स्थित जनता माध्यमिक विद्यालयमा ५९ औं राष्ट्रिय बाल दिवस नगर बाल सञ्चाल इटहरीले उद्घाटन तथा सांस्कृतिक नित्य कार्यक्रम गरि उद्घाटन गरेको छ । उद्घाटन कार्यक्रम सकेर जनता माध्यमिक विद्यालयले सांस्कृतिक तथा कविता प्रतियोगिता समेत आयोजना गरेको थियोे ।
इटहरी उपमहानगरपालिकाले कार्यक्रमलाई सहयोग गरेको थियोे । बाल दिवस कार्यक्रम २९ गते सम्म निरन्तर चलिरहेने र सोही दिन समाप्त हुने नगर बाल सञ्चाल इटहरीका अध्यक्ष सविन तिम्सिनाले बताए ।
कार्यक्रममा प्रमुख अथिति इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले इटहरी उपमहानगरपालिकालाई बालमैत्री घोषणा गर्न अगाडि बढिरहेको छौ । इटहरीले बालबालिकाका लागि काम गरिरहेको बताए । उनले बाल दिवसको शुभकामना समेत दिएका थिए ।
कार्यक्रममा विशिष्ट अथिति इटहरी उपमहानगरपालिकाको उप-प्रमुख संगिता कुमारी चौधरी , इटहरी उपमहानगरपालिकाका शिक्षाशाखा प्रमुख फागुनी प्रसाद काफ्ले , इटहरी उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिवस पोखरेल विद्यालयका शिक्षक , तथा विद्यालयका विद्यार्थीहरू लगाएतको उपस्थिति रहेको थियोे ।



