सुनसरी / नेपाली काङ्ग्रेसको प्रदेश सभा क्षेत्रीय कार्यसमिति सुनसरी २ (क) को आयोजनामा   विश्वेश्वरप्रसाद कोइरालाको जन्म जयन्तीको अवसरमा वकतृत्वकला प्रतियोगिता तथा  विपी सप्ताह समापन भएको छ ।


नेपाली काङ्ग्रेसको प्रदेश सभा क्षेत्रीय कार्यसमिति सुनसरी २ (क) को आयोजनामा वकतृत्वकला प्रतियोगितामा " कृतिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) को युगमा बीपीको समाजबादको महत्वको विषयमा जतना बहुमुखी , क्याम्पस , इटहरी नमुना कजेल , सुस्समा गोदावरी कजेल इटहरी , विश्व आर्दश इटहरी ,कस्तुरी एकेडेमी कलेज इटहरी ,सिबि कलेज इटहरी लगाएतका विद्यार्थीहरूले आ-आफ्नो वकतृत्वकला प्रस्तुत गरेका थिए ।


जसमा कस्तूरी एकेडेमी कलेज इटहरीकी जमुना शेर्पा प्रथम ,सिबी कलेज इटहरीका आकाश बिक द्वितीय , जनता बहुमुखी क्याम्पसकी बरुणा पराजुलीले तृतीय हात पारेकी हुन् । नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ (क) सुनसरीका  सभापति सुबेक्छु देवान राईको प्रमुख आथ्तित्यतामा कार्यक्रम भएको थियोे । 


विशिष्ट अथिति पुर्व संविधान सभा सांसद तथा सिताराम मेहताले बीपी कोइरालाले राजनीतिकमात्र नभई साहित्यिक योगदान पनि पुर्‍याएको बताएका छन्  । बीपी कोइरालाको राजनीतिक र साहित्यिक योगदान अतुलनीय रहेका, आजको पुस्ताले बीपी कोइरालालाई सम्झिनु पर्ने बताए ।


कार्यक्रममा प्रमुख अथिति संयीय सभासद तथा नेपाली काङ्ग्रेस सदस्य कल्पना चौधरी , इनरुवा नगरपालिकाका नगर प्रमुख तथा नेपाली काङ्ग्रेस जिल्ला सभापति केदार भण्डारी , जनता बहुमुखी क्याम्पसका अध्यक्ष बिकास केशी , अतिथि कोशी प्रदेश प्रतिनिधि सभा सदस्य केशव भट्टराई ,लोकतात्रिक आदीवासी जनजाती महासंघ क्षेत्र नम्बर २ का सभापति तेजनारायण चौधरी,रामधुनी नगरमा सभापति सुदीप अधिकारी नेपाल विद्यार्थी संघ सुनसरी जिल्ला सभापति प्रमोद भट्टराई ,नेपाल किसान महासंघ क्षेत्र नं २ क का  सभापति गणेश दाहाल पार्टीका प्रतिनिधित्व लगाएतको उपस्थिति रहेको थियो ।IMG_20230910_182225IMG_20230910_182301IMG_20230910_182212