सुनसरी / आदर्श टोल विकास संस्था र आदर्श बाल क्लब इटहरी १ को सयुक्त आयोजनामा बालबालिकाहरूले सांस्कृतिक नृत्य तथा वक्तृत्वकला प्रतियोगिता प्रस्तुत गरेका छन् ।
आदर्शन टोल विकास संस्था र आदर्श बाल क्लबको सयुक्त आयोजनामा आउदै गरेको भदौ २९ गतेको बाल दिवसको अवसरमा होराइजन एकेडेमी, ब्राइट फ्युचर इङलीस स्कुल, मोर्डन प्रिप्रेरेटोरी स्कुल लगाएतका विद्यालयका बालबालिकाहरूले सांस्कृतिक नृत्य तथा वक्तृत्वकला प्रतियोगिता प्रस्तुत गरेका थिए ।
३४ जना बढी बालबालिका तथा किशोर किशोरीहरूले सांस्कृतिक नृत्य प्रस्तती गरेका थिए । १० वर्ष देखि १३ उमेर समुहका बालबालिकाहरूले निलिमा महत प्रथम , प्रभा दाहाल द्वितीय ,भूभेता राई तृतिय स्थान हासिल गरेका थिए । त्यसैगरी १३ वर्षदेखि १५ वर्ष उमेर समुहमा पुष्पा बानिया प्रथम ,स्मारिका ठकुरी द्वितीय, पेलिसा कार्की तृतिय ओगटन् सफल भए ।वक्तृत्वकला प्रतियोगितामा खुशी विष्ट प्रथम , ओजश्वी कटुवाल द्वितीय , समीप देवकोटा तृतिय हात पारेका थिए ।
इटहरीमा विगत ६ वर्ष देखि सञ्चालन हुदै आएको संस्थाले समाजमा एउटा उदारणीय काम आएको संस्थाले सांस्कृतिक नृत्य तथा वक्तृत्वकला प्रतियोगिता गर्दा बालबालिका खुसि भएको आदर्श टोल विकास संस्थाका अध्यक्ष नगेन्द्र प्रसाद रोइलाले बताए ।
इटहरी उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रतन कार्कीको प्रमुख आथ्तित्यतामा कार्यक्रम भएको थियोे । आफ्नो प्रस्तुति गर्दा बालबालिकालाई यसरी कार्यक्रम आयोजना गर्दा वडा खुसि रहेको इटहरी १ का वडा अध्यक्ष रतन कार्कीले बताए । बाल क्लब गठन गरेर २०८०/८१ बाल मैत्री घोषणा गर्न अगाडि बढेको बताए ।

उपस्थिति कार्यक्रम इटहरी १ को राष्ट्रिय माध्यमिक विद्यालयमा प्रधानध्यापक सरन कुमार बस्नेत , आदर्श टोल विकास संस्थाकि उपाध्यक्ष इश्वरी प्रसाद भण्डारी , उपाध्यक्ष निर्मला कट्टेल (बास्तोला ) , राष्ट्रिय मा.विका शिक्षक पार्वती सिलवाल , कार्यक्रम संयोजक साजन राई , अथिति निर्मला घिमिरे , गोपाल राउत मह , अमर खड्का ,राज कुमार पाण्डे विद्यार्थी लगाएतको उपस्थिति रहेको थियोे ।



