सुनसरी / एक्टिभ नेपाल विराटनगरको आयोजनामा  दुहबीमा निशुल्क कानुनी सहायता मेला लागिएको छ ।


कानुन साहयता मेलामा मेलामा कानुनी समस्या भएका , घरायसी कानुनी समस्या भएका , सरकारी , सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बााएका , पिछडिएका तथा हेपिएका वर्गलाई कानुनी सहायता दिने उदेश्यले मेला लागिएको छ ।


मेलमा उनहरूको समस्या अनुसार वडा कार्यलय ,जिल्ला प्रशासन , प्रहरी अदालत समेत पुर्याएर समस्या समाधानका लागि पहल गर्ने बताइको छ ।


न्यायमा पहुँच परियोजना अन्तर्गत दुहबी र बेलका नगरपालिकाका स्थानीयलाई कानुनी मेलामा निशुल्क कानुनी सहाहयता मेलामा  कानुन मन्त्रालय , न्यायमा पहुँच अभिबृद्वि ( A2Z) ,दुहबी नगरपालिका सुनसरी र युएनडिपिले सहकार्य गरेको छ ।

IMG-20230908-WA0000

निःशुल्क कानूनी सेवा प्राप्त गर्न कहाँ निवेदनका लागि कानूनी सहायता ऐनको व्यवस्था अनुसार निःशुल्क कानूनी सहायता प्राप्त गर्न आफू बसेको वडाको सिफारिस सहित आफू बसोबास गरेको वा मुद्दा गर्नु पर्ने जिल्लाको जिल्ला कानूनी सहायता समिति समक्ष निवेदन गरी अतिरिक्त यसका अतिरिक्त राष्ट्रिय महिला आयोग, अदालतहरू नेपाल बार एसोसियसनका इकाईहरु, न्यायिक समिती लगायत अन्य गैरसरकारी संघ संस्थाहरूमा समेत निवेदन दिन सकिने छ ।


न्यायिक समितिले मेलमिलाप मार्फत सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकाको हकको जग्गा अर्कोले चापी, मिची वा घुसाई खाएको , पति/पत्नीबीचको सम्बन्ध विच्छेद, (घ) अङ्गभङ्ग बाहेकको बढीमा एक वर्षसम्म कैद हुन सक्ने कुटपटि , गाली बेइज्जती,लुटपिट,अरुको आवासमा अनधिकृत प्रवेश गरेको, अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको , प्रचतिल कानून बमोजिम मेलमिलाप हुन सक्ने व्यक्ति बादी भई दायर हुने  जस्ता समस्या  न्यायिक समितिले मेलमिलाप मार्फत समाधान गर्ने छ ।