सुनसरी / भोजपुरको हतुवगढी गाउँपालिकाले ‘शैक्षिक गुणस्तर सुधार पाश्र्वचित्र’ निर्माण गरेको छ । खस्किँदो शैक्षिक गुणस्तरमा सुधार ल्याउन गाउँपालिकाले बृहत् योजनासहितको पाश्र्वचित्र निर्माण गरेको हो ।


पाश्र्वचित्रमा उल्लेख भएका विषयवस्तुले समग्र गाउँपालिकाको शिक्षा सुधारमा सहयोग पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए । विज्ञहरूको समूहले निर्माण गरेको पाश्र्वचित्रमा यहाँको शिक्षाको अवस्थासँगै भावी दिनमा शैक्षिक सुधारको क्षेत्रमा गुर्नपर्ने कामलाई बृहत्रूपमा समेटिएको उनको भनाइ छ ।


पाश्र्वचित्रमा गाउँपालिका, शिक्षक, अभिभावक तथा विद्यार्थीले बहन गर्नुपर्ने दायित्व तथा कर्तव्यलाई समेट्दै भावी दिनमा गर्नुपर्ने कामका योजनालाई समेटिएको प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए ।


गाउँपालिकाको शैक्षिक सुधारका लागि योजनाबद्धरूपमा कामको थालनी गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए। पाश्र्वचित्रले मार्गनिर्देश गरेअनुसार शिक्षाको सुधारको लागि बजेट विनियोजन गर्दै आएको उनले जानकारी दिए । 


पछिल्लो समयमा देशको शैक्षिक गुणस्तर खस्किँदो अवस्थामा छ”, उनले भने, “धेरै शिक्षासम्बन्धी अधिकार स्थानीय तहलाई छ । यहाँको शिक्षाको सुधार गर्ने उद्देश्यले गाउँपालिकाको शैक्षिक गुणस्तर सुधार पाश्र्वचित्र–२०७९ निर्माण गरेर काम अघि बढाएका छौँ उनको भनाइ छ । 

IMG_20230904_171050

सगरमाथा माध्यमिक विद्यालयमा २०४१ साल जेठ २८ मा ‘सगरमाथा मावि पुस्तकालय’ स्थापना गरेर सञ्चालनमा रहेको छ । गाउँपालिकाले एक विद्यालय एक अक्षय कोष स्थापना गर्ने कार्यक्रम सञ्चालनको तयारी थालेको छ ।  


गाउँपालिकाभरिका उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई छनोट गरेर पुरस्कृतसँगै आवश्यक प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ । विगतका वर्षबाट सबै विद्यालयमा एक–एक थान प्रिन्टर र ल्यापटप वितरणको कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाको शिक्षा शाखाले जनाएको  छ ।