सुनसरी / तेह्रथुमको म्याङलुङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।


म्यङलुङ नगरपालिका वडा नं ८ का २४ वर्षिया  सविन लिम्वु र २९ वर्षीया सँगम तामाङको दुर्घटनाबाट भएपछि उपचारका क्रममा जिल्ला अस्पताल तेह्रथुममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।


साझ ५ बजे को १४ प ८९२ नम्बर पल्सर मोटरसाइकल म्याङलुङ जिरिखिम्ती सडकखण्डको पेट्रोल पम्प छेउमा दुर्घटना भएको हो ।तिव्र गतिमा रहेको मोटरसाइकलले पैदलयात्रीलाई जोगाउने क्रममा अनियन्त्रीत भइ दुर्घटना भएको प्रहरीले जनाएको हो ।


 मृतकको शव जिल्ला अस्पताल तेह्रथुममा पोष्टमार्टमको लागी राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ