सप्तकोसी नदिमा डुबेर एकजना युवकको मृत्यु भएको छ । सुनसरीको सप्तकोसी नदिमा डुबेर एकजना युवकको मृत्यू भएको छ।
सप्तकोसी नदिमा विहान ७ बजेको समयमा बोलबम जानको लागि जल भर्ने क्रममा युवक नदीमा डुबेर बेपत्ता भएका थिए ।
सुनसरी र सप्तरीको सीमामा पर्ने कोसी गाउँपालीका वडा नम्बर ८ कोसी ब्यारेज स्थित सप्तकोसी नदिमा जल भरेर नुहाउने क्रममा सोमबार बिहान भारत बिहार राज्य सुपौल जिल्लाको वैजनाथपुर ३ बस्ने १८ वर्षका अमरकुमार मेहताको डुबेर मृत्यू भएको स्थानीयहरुले जानकारी दिएका छन्।
स्थानीयवासी, नेपाल प्रहरी,सशस्त्र प्रहरी सहित गोताखोर टोलि बोलाएर शवको खोजी गरेको प्रहरीले बताएका छन् शवको पोस्टमार्टमकाे लागि जिल्ला अस्पताल ईनरुवा पठाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


