सुनसरी / सुनसरी र मोरङमा सोमबार बिहान भारी वर्षा मापन गरिएको छ ।
मोरङको लेटाङ, सुनसरीको सप्तकोसी चतारा वर्षा मापन केन्द्र र आसपास पछिल्लो तीन घण्टामा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
झापा, मोरङ र सुनसरी भई बहने स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।
मोरङको लेटाङ, सुनसरीको सप्तकोसी चतारा वर्षा मापन केन्द्र र आसपास पछिल्लो तीन घण्टामा भारी वर्षा मापन भएको छ,” विभागको सूचनामा उल्लेख छ, “झापा, मोरङ, सुनसरी भई बहने स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महासाखाले जनाएको छ ।


