रामधुनि / रामधुनि सामुदायिक वन उपभोक्ता समिति द्वारा सुनसरीको बराहक्षेत्र नगरपालीकामा वडा न . १० मा पर्ने रामधुनि सामुदायिक वन उपभोक्ता समितिको क्षेत्रमा बृक्षरोपण गरिएको छ । रामधुनि सामुदायिक वन उपभोक्ता समितिले बिगत लामो समय देखि बन जंगल संरक्षणका लागि बिभिन्न सचेतना मुलक कार्यक्रम संगै वृक्षारोपण गरिरहेका रामधुनि वन उपभोक्त समितिका अध्यक्ष जगत बहादुर कट्वलले बताउनु भयो ।

  रामधुनि सामुदायिक वन उपभोक्त समितिले सब डीभिजन बन कार्यलय रामधुनी नगरपालीकाको नर्सरी संग समन्वय गरी करिब ४०० विभिन्न प्रजातीको विरुवा रामधुनि बन परिसर मा रोपिएको टाेल समुहका बिज्ञान घिमिरेले बताउनु भयो ।

 IMG-20230819-WA0011

रामधुनि बनमा दिन प्रति दिन जङ्गल घाँस पात दाउराको लागि जङ्गल मासिदै गएकोले बृक्षारोपणका कार्यक्रम भइरहेका छन् अब कसले कति वटा विरुवा रोप्यो भन्नुभन्दा कतिवटा विरुवा जोगायो भनेर चर्चा गर्नुपर्ने, कसरी जोगाउन सक्यो भन्ने चेतनामुलक कार्यक्रम गर्नुपर्ने, जोगाऊ अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिन्छ।