सुनसरी / धरान - ११ मङ्गलवारे चोकमा खुलेआम कानुनको धज्जी उडाउँदै गैर कानुनी रूपमा गाई गोरु काटेनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले खोजि गर्दै छ । हिजोबाट सामाजिक सञ्जालमा आएका फोटो भिडियोलाई आधार मानेर यही विषयमा गम्भीर भएर अनुसन्धान गरी कानुनले बर्जित गरिएकाे कुरा गर्नु नहुने गरि खोजि गरिएको छ ।
राज्यलाई ठाडो चुनौती दिँदै सुरक्षा प्रमुखलाई समेत चुनौती दिनेहरूकाे धमाधम खोजी कार्य भइरहेको र यस बिषयमा प्रहरीले सूक्ष्म तरिकाले नतिजा देखिने गरी कार्य गरिरहेको छ ।
धरानका डिएसपी नवराज मल्लका अनुसार यस अघि पनि धरानमा गोरु काट्ने खाने र काट्न लगाउने बेच्ने सबैलाई पशु पन्छी कसुरमा मुद्दा चलाउँदै नै आएको छ । हाल गोरुको मासु नै खाएको भनेर मात्र मुद्दा नचल्ने भएकाले मुद्दा कसलाई चलाउने भन्ने हेतुले गाई गोरु कसले काट्नु लगाएको, कहाँबाट ल्याएको, कसले मासु बेचेको, कसले पकाएको, कसले सामाजिक सञ्जालमा भिडियो खिचेर हालेको र भोजको आयोजना गरेको सबैलाई खोजी गरिरहेको र कारबाही गर्ने तयारीका साथ प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको डिएसपी मल्लले बताए ।
सुनसरीमा हाल प्रवक्ताको जिम्मेवारी पाएका इन्स्पेक्टर दल कुमार राईका अनुसार गत साउन १० गते धरान ३ का ३६ बर्सिया राजन परियार, धरान ५ का बिन्द्र कुमार राई पक्राउ परेका थिए । राजन १ हजार धरौटीमा रिहा भएका भने राई ५ हजार धरौटीमा रिहा भएको थिए ।
नेपाल धर्म निरपेक्षता भए बमोजिम कानुन संशोधन हुन सकेको छैन जसले गर्दा किरात धर्मका व्यक्तिहरुले गोरु काट्नु पाउनु पर्ने माग राख्छन भने हिन्दु धर्मपक्षका व्यक्तिले गोरु काट्नु नपाइने भन्ने धारणा राख्छन्। तसर्थ कानुमा गोरु काट्नुलाई कसुर मानिने भएकाले हामी कानुन कार्यान्वयन गराउने पक्ष प्रहरीले गोरु काट्ने मानिसलाई कसुरदाता ठहर गरी कारबाही गर्नु पर्छ ।
बहुसंख्यक हिन्दु धर्मावलम्बीको आस्था र विश्वास माथि आघात पुग्ने गरी धरानमा सार्वजनिक रुपमा गोरु काट्नु, भिडियो बनाउनु र सामाजिक सञ्जालमा पोस्ट गर्नु दुःखद पर भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ ।


