काठमाडौं / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । भारतबाट मूल्य बढेर आएकाले मंगलबार बेलुका बसेको निगम व्यवस्थापनको बैठकले मूल्यवृद्धि गरेको हो ।
निगमको नयाँ मूल्य अनुसार डिजेलमा र मट्टीतेलमा समान प्रतिलिटर १४ रुपैयाँ मूल्य बढाइएको छ भने पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नयाँ मूल्यअनुसार अब पेट्रोल पहिलो वर्गमा १७५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १७७ र तेस्रो वर्गमा १७८ रुपैयाँ कायम भएको छ । यस्तै, डिजेल र मट्टीतेल पहिलोमा १६४ रुपैयाँ ५० पैसा, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ कायम छ ।


