सुनसरी / पाँचथरको फिदिममा मोटरसाइकल दुर्घटनामा परि एक सरकारी कर्मचारीको मृत्यु भएको छ।
फिदिम नगरपालिका - २ साम्दिनबाट फिदिम बजारतर्फ आउँदै गरेको प्रदेश ०१–०३–००१ ब ००१९ नम्बरको मोटरसाइकल आज बिहान दुर्घटना हुँदा विर्तामोड नगरपालिका- ८ का २४ वर्षीय युवराज अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ।
मृतक अधिकारी प्रदेश लेखा इकाई कार्यालय फिदिममा कार्यरत कर्मचारी थिए । सोमबार दिउँसो अधिकारी आफैले चलाएको मोटरसाइकल फिदिम -२ ओदिन नजिकै अनियन्त्रित भई सडकबाट ५ मिटर तल झरेर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।


