सुनसरी / झापा गाउँपालिका- १ लसुनाका गौतमकुमार गणेशका ८ वर्षीय छोरा डेनिस गणेशको पानीमा डुबेर मृत्यु छ ।


आइतबार नेपाल भारत सीमा नजिकै रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा बालकको डुबेर मृत्यु जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 


खेल्नेक्रममा पानीमा डुबेर घाइते भएका बालकलाई तत्कालै उपचारका लागि बिर्तामोड स्थित बिर्तासिटी अस्पताल पुर्‍याइएको थियो । बिर्तासिटी पुर्‍याइएका उनलाई अस्पतालले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।