सुनसरी / मोरङको सुन्दरहरैँचामा इनारमा डुबेर घाइते भएका युवाको आज मृत्यु भएको छ । 


सुन्दरहरैँचा नगरपालिका- ९ मुस्लिम टोलमा खानेपानीको इनार सफा गर्ने क्रममा दिउँसो २  बजेतिर घटना भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार अब्दुल मल्लिकको जग्गामा रहेको इनार सफा गर्ने क्रममा डुबेर बेलबारी नगरपालिका- ७ का २५ वर्षीय बौका कुमालको मृत्यु भएको जानकारी दिएका छन् ।


सफा गर्ने क्रममा इनारमा खसेर डुबेका कुमाललाई घाइते अवस्थामा उद्धार गरिएको थियो । गम्भीर अवस्थानका उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइपुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए ।