सुनसरी / महोत्तरीको एकडारा गाउँपालिकामा महिलाहरुलाई सीपको माध्यमबाट आत्मनिर्भर बनाउने उद्देश्यले संचालित २० दिने चुरी लहठी बनाउने तालिम सम्पन्न भएको छ । 


जेष्ठ २१ गतेदेखि संचालन तालिम एकिकृत ग्रामिण विकास समाज, महोत्तरीले वल्र्ड भिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा संचालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत संचालित तालिम हिजो आइतबार सम्पन्न भएको हो । 


तालिममा एकडारा गाउँपालिकाका ९ जना सीमान्तकृत महिलाहरुको सहभागिता रहेको थियो । तालिम समापनका अवसरमा सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्नु हुँदै एकडारा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष सखीचन्द्र यादवले सीपले मानिसलाई आत्मविश्वास बढाउने र जीविकोपार्जनको आधार बन्ने कुरा बताए ।


स्थानीय कला र संस्कृतिसँग जोडिएको चुरी लहठी तालिमले महिलाहरुलाई गतिलो आयआर्जनको माध्यम बन्ने कुरा बताउँदै विशेष गरी मिथिला क्षेत्रका महिलाहरुले प्रयोग गर्ने चुरी लहठी निर्माण गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिम संचालन गरिएको आयोजक संस्थाका कार्यक्रम अधिकृत आरती चौधरीले बताइन् ।


सहभागीहरुलाई तालिम समापनका अवसरमा ब्यवसाय शुरुवातका लागि करिब १ लाख ५० हजार बराबरको आवश्यक न्युनतम सामाग्रीहरु समेत हन्तान्तरण गरिएको थियो  ।