सुनसरी / सङ्खुवासभामा अविरल बर्षा कारण शनिबार राती हेँवा खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ भने २१  जना  बढी बेपत्ता भएका छन् । मृत्यु हुने बगेर पाँचखपन ९ का सन्तोष राई रहेका छन् ।



जिल्लाको चैनपुर- ४ पेङ्कोट र पाँचखपन- ९ मा गएको पहिरोले खोला थुनिएर खोला एक्कासि खुलेर आएको बाढीले आसपासको क्षेत्रमा धेरै क्षति गरेको छ । बाढीले चैनपुर ४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोमा क्षति पुगेको छ ।


उक्त परियोजनामा काम गर्ने १६ मजदुरहरू सम्पर्कविहीन रहेका छन भने निर्माण समाग्री, मेसिन बाढीले बगाएको छ । बाढीले ताप्लेजुङ र पाँचथरमा पनि जनधनको क्षति भएको छ । उनीहरूको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।