चन्दन रौनियार 

दुहबी / नेपाल रेडक्रस सोसाइटी दुहवी उपशाखाले बुधबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । दुहवी नगरपालिका वडा नं. ५ स्थित नगरपालिकाको प्राङ्गनमा नेपाल रेडक्रस सोसाईटी दुहवी उप–शाखाले विश्व रक्तदाता दिवशको अवसरमा नेपाल रेडक्रस सोसाईटी क्षेत्रिय रक्तसंचार विभाग, विराटनगरको प्रविधिक सहयोगमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

353059670_956231902362236_815648173220058544_n

कार्यक्रममा ४ महिला सहित ५१ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।दुहवी नगरपालिका नगरप्रमुख वेद नारायण गच्छदारको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दुहवी उपशाखाका उपाध्यक्ष शुशिला काफ्ले ,

354168504_811385123488919_3679234291971169075_n

 सचिव रमेश बाबु थापा, प्रविन अग्रहरी, नविन रौनियार लगाएतको उपस्थिति रहेको कार्यक्रम संयोजक विकाश स्वर्णकार बताए ।

354026533_838068047928899_8929954181384009106_n