इटहरी । केही दिनदेखी अत्याधिक गर्मी बढेको तर्फ मध्यनजर गर्दै इटहरी १४ मा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
इन्खा एकिकृत अस्पतालको आयोजना तथा इटहरी उपमहानगरपालिकाको सहयोगमा इटहरी वडा नम्बर १४ का वासिन्दालाई निःशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो । इटहरी उपमहानगरपालिकाको ग्रामिण भेगका वस्तीमा स्वास्थ्यको पहुच विस्तार गर्ने उद्धेश्यले इटहरी १४ मा निःशुल्क स्वास्थ शिविर संचानल गरिएको आयोजकले जनाएको छ ।
इन्खा एकिकृत अस्पतालका सञ्चालक डाक्टर खगेन्द्र ओलीको अध्यक्षता तथा स्थानिय अग्रज रामसेवक चौधरीको प्रमुख आतिथ्यमा भएको शिविरमा होमियोपेथिक पदत्तीबाट चेकजाँच गरिनुका साथै भिडियो एक्स रे किड्नीको जाँच सहित विभिन्न किसिमका परिक्षण गरिएको थियो । इन्खा एकीकृत अस्पतालका विशेषज्ञ चिकित्सकहरुद्धारा स्वास्थ्य परिक्षण गरिएको थियो । 
इटहरी क्षेत्रका अन्य ग्रामीण भेगमा पनी यस प्रकारका शिविरलाई निरन्तरता दिइने सो अवसरमा जानकारी गराइयो । यस्तै उक्त शिविरमा आयोजकले निःशुल्क सर्वत पानी समेत वितरण गरिएको थियो।


