इटहरी / इटहरी नगरपालिका वडा नं ०९ अन्तर्गत विपि चौकमा गणेश भण्डारीको अध्यक्षता मा ११ सदस्यीय विपि टोल विकास समिति गठन भएको छ । समिति गठन गर्न बोलाईएको टोल भेलाले गणेश भण्डारीकोको अध्यक्षता तथा इटहरी नगरपालिका वडा नं ९ का वडा अध्यक्ष जितेन्द्र थापाको प्रमुख आथित्यतामा बसेको आम भेलाले ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

करिव ६५ घरपरिवार रहेको टोल भेलाले कार्यसमितिको अध्यक्षमा गणेश भण्डारी , उपाध्यक्षमा श्री हरि मानन्धर, सचिवमा बिकल पौडेल, कोषाध्यक्षमा चित्रकला रेग्मी लाई सर्वसम्मत रुपमा चयन गरेको छ । त्यस्तै सदस्यहरुमा गीता खत्री, गोमा देवी खनाल सुबास ठाकुर , गौरा देवी चिमोरिया, भक्त बहादुर न्यौपाने, चन्द्र कार्की,सुनिता रिजाल दाहाल रहेका छन ।

विपि टोल विकास समिति पहिले देखिनै दर्ता भए पनि लामो समय देखि निस्क्रिय रहेकोले वडा कार्यालयले विभिन्न योजना बिनियोजन गर्न समेत समस्या देखिने हुदा टोल विकास मार्फत नागरिकहरुको सहभागीता सुनिश्चित गर्न, सहभागितात्मक र श्रृजनात्मक योजना तर्जुमा गर्न टोल विकास को आवश्यकता रहेको वडा अध्यक्ष जितेन्द्र थापाले बताउनु भयो । उक्त भेला लाई सम्बोधन गर्दै समाजसेबी सान्तिराम खनाल, सम्भु पाण्डे, गणेश खत्री, महेस रेग्मी, गायत्री भण्डारी लगायतले श्रृजनात्मक योजना तर्जुमा गर्न एवम सामुदायिक सद्भाव, सहिष्णुता र भाईचाराको विकास गर्न टोल समिति गठन गरिएकोले समितिका नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको सुभकामना दिनुभयो । तेस्तै आघिल्लो कार्यसमितिका अध्यक्ष रंजन रेग्मी ले आफुले सुरु समयमा मेहेनत गरेर काम गरेको बाटो बनाएको तर पछिल्लो समय संस्था मा आफुले समय दिन नसकेको अब आउने कार्यसमिति लाई साथ र सहयोग गरेर सफल बनाउन भूमिका खेल्ने बताउनु भयो।

स्थानीय विकास प्रक्रियामा टोल तथा बस्ती स्तरबाट नै नागरिक सहभागीता सुनिश्चित गर्दै गैरराजनितिक, गैरनाफामुलक सामाजिक संस्थाको रुपमा समाजको आर्थिक, सामाजिक, साँस्कृतिक लगायत विकासका सवै पक्षमा दिगोपना र अपनत्व श्रृजना गर्न निश्चित भौगोलिक क्षेत्र भित्र वासेबास गर्ने नागरिकहरुको सहभागीता सुनिश्चित गर्न, सहभागितात्मक र श्रृजनात्मक योजना तर्जुमा गर्न एवम सामुदायिक सद्भाव, सहिष्णुता र भाईचाराको विकास गर्न टोल समिति गठन गरिएको समितिका अध्यक्ष गणेश भण्डारीले जानकारी दिनुभयो ।



