जीवन विज्ञान प्रतिष्ठानले यही फागुन २० गते इटहरीमा पूर्वाञ्चल जागरण उत्सव गर्ने भएको छ । जागरण उत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम भएको छ ।
                         जीवन विज्ञान प्रत्येक व्यक्तिभित्र लुकेर रहेको प्रतिभालाई  प्रस्फुटन गर्दै सुख, शान्ति एवम् समृद्दिले भरिएको समाज  निर्माण तथा  आध्यात्मिक  उन्नयनका लागि काम गर्ने  प्रतिष्ठान हो । तनाब, चिन्ता, निरासा र अस्तव्यस्तलाई व्यवस्थापन गर्दै आएको प्रतिष्ठानको जागरण उत्सवमा ५५ देशका प्रतिनिधीसहित नेपालभरका प्रतिष्ठानमा  सहभागी आउने  विहीबार आयोजित  पत्रकार सम्मेलनमा प्रतिष्ठान कोशी संयोजक बालिका खड्का भट्टराईले बताउनुभयो ।

                          इटहरी उपमहागनरपालिकाका मेयर हेमकर्ण पौडेलले हरेक  व्यक्तिलाई निरोगी बनाउने प्रतिष्ठानको अभियानमा उपमहानगरपाकिाले पूूर्ण सहयोग गरेको र जागरण अभियानले स्वस्थ्य तथा निरोगी बनाउन थप लाभ पुग्ने बताउनुभयो । उहाँले जागरण अभियान कार्यक्रमलाई उपमहानगरपालिकाले आफ्नो कार्यक्रम ठानेर सम्पूर्ण सहयोग गर्ने पनि बताउनुभयो । कार्यक्रम इटहरी रंगशालामा हुनेछ ।