प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा विस्थापित हुने बाराको टाँगिया बस्तीमा सरकार नै लालपूर्जा वितरणको अभियानमा लागेको छ । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाएरै छोड्ने अठोट लिएको संघीय सरकारका एक मन्त्रीकै उपस्थितिमा टाँगिया बस्तीमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलनको निस्सा वितरण गरिएको छ ।

विज्ञ समितिले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बन्न सक्ने प्रतिवेदन दिँदा टाँगिया बस्तीमा धावनमार्ग बनाउन सिफारिस गरेको छ । तर सरकारकै मन्त्रीले सुकुम्बासीलाई टाँगिया बस्तीको जमिन वितरण गर्ने गरी निस्सा वितरण गरेकाले टाँगियाबस्तीको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ

download (4) 4

टाँगियाबस्तीका ३ सय परिवारलाई लगत संकलनको निस्सा वितरण गरेपछि कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहले लालपुर्जा दिलाएरै छोड्ने अठोट गरेकी छन् ।सर्वोच्च अदालतले फैसलापछि गठित विज्ञ समितिले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बन्न सक्ने प्रतिवेदन दिँदा टाँगिया बस्तीमा धावनमार्ग बनाउन सिफारिस गरेको छ । तर सरकारकै मन्त्रीले सुकुम्बासीलाई टाँगिया बस्तीको जमिन वितरण गर्ने गरी निस्सा वितरण गरेकाले टाँगियाबस्तीको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।