ताप्लेजुङ । पाचौँ पटकमा ३ हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिरमा ‘लिफ्टिङ’ प्रविधिबाट लगिएको पानी पुगेको छ ।

फुङलिङ नगरपालिका –११ फावाखोलाको डढेले मुहानबाट काफ्लेपाटी हुँदै लगिएको पानी पाथीभरा मन्दिरमाथि पुग्न सफल भएको हो । प्रसिद्ध तिर्थस्थल ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा रहेको लिफ्टिङ प्रविधिको पानी सञ्चित गर्ने अन्तिम ट्याङ्कीसम्म पानी पुगेको छ । यो साता गरिएका सबै प्रयास सार्थक बनेपछि अन्ततः पानी मन्दिरसम्म पानी पुगेको हो ।

यस मन्दिर क्षेत्रमा तीर्थयात्रीहरुको चाप हुने भए पनि खानेपानी अभाव थियो । यो अभाव पूर्तिका लागि यहाँ विभिन्न किसिमका प्रयास हुँदै आएका थिए । यो पटकको प्रयासले सफलता पाए सँगै अब तीर्थयात्रीहरुले पिउन, हातमुख धुन, अक्षेता मुछ्न सम्मका लागि बोतलमा पानी बोकेर जानु पर्ने बाध्यता हटेको छ । 

यो प्रविधिबाट प्रतिघन्टा ३० हजार लिटर पानी तलबाट माथि मन्दिरमा पुग्ने प्रक्षेपण रहेको छ ।