तामाङ समुदायकाले मनाउने सोनाम ल्होछारको अवसर पारेर सुनसरीको इटहरीमा कार्यक्रम आयोजना

alt

इटहरी । तामाङ समुदायका मानिसहरुले मनाउने सोनाम ल्होछारको अवसर पारेर सुनसरीको इटहरीमा एक कार्यक्रमको आयोजना गरियो ।

            तामाङ घेदुङ इटहरी उपमहानगर समितिको आयोजनामा बाघ वर्गलाई विदा गरी बिरालो वर्गलाई स्वागत गरिएको हो ।  तामाङ समुदाायका मानिसहरुले ल्होछारलाई वर्षका रुपमा मनाउने गरेका छन । तिथी अनुसार ल्होछार मनाउने तामाङ समुदायले यस वर्ष सोनाम ल्होछार पर्व  भोली अर्थात आइतबार मनाउदै छन ।

ff-5

          तामाङ घेदुङ इटहरीले सोनाम ल्होछारको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान सहित सागितीक कार्यक्रम इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्य र घेदुङ इटहरीका अध्यक्ष महोन लोप्चनको अध्यक्षतामा रहेको थियो ।

           कार्यक्रमका अध्यक्ष समेत रहेका तामाङ घेदुङ इटहरीका अध्यक्ष लोप्चनले तिथी अनुसार आफुहरुले सोनाम ल्होछार मनाउने गरेको जानकारी दिए । उनले सोनाम ल्होछारका अवसरमा सम्पुर्ण प्राणीको सुखशान्तिको कामना गर्दै गुम्बामा पुजा गर्ने गरिने समेत वताए ।
324345039_3388136801458146_8484400906217705758_n


सो, कार्यक्रममा प्रमुख अतिथी तथा इटहरी उपमहानगरपालिका प्रमुख पौडेलले सोनाम ल्होछारको अवसरमा शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा जेष्ठ नागरिक ,उत्कृष्ठ विद्यार्थी सम्मान सहित तातिय नृत्य तथा सांगितीक कार्यक्रमको आयोजना गरिएको थियो ।

    धनकुटाको पाख्रीबासबाट कौडा र नगदसहित १५ जना पक्राउ धनकुटाको पाख्रीबासबाट कौडा र नगदसहित १५ जना पक्राउ

    इटहरी। जिल्ला प्रहरी कार्यालय धनकुटाले पाख्रीबास बजारस्थित एक घरमा जुवाको ख ...

    ट्रकको ठक्करबाट दुई जनाको मृत्यु ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

    इटहरी। इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसा ...

    इटहरीमा सीबी कलेज तथा सीबी रेसिडेन्सियल स्कुलको दीक्षान्त समारोह सम्पन्न इटहरीमा सीबी कलेज तथा सीबी रेसिडेन्सियल स्कुलको दीक्षान्त समारोह सम्पन्न

    इटहरी । सुनसरीको इटहरीस्थित सीबी कलेज तथा सीबी रेसिडेन्सियल सेकेन्डरी स्कुल ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]