सुनसरीको दक्षिणी क्षेत्र हरिनगरका बासीन्दाका लागि स्वास्थ्य सेवाको सहजताका लागि सोमबार पाँच शैयाको आधारभूत अस्पताल सुरु गरिएको छ । अस्पतालसँगै २४ सै घण्टा सेवा पनि दिन थालिएको छ । यसको औपचारिक उद्घाटन प्रदेशसभा सदस्य डाक्टर इसरायल अन्सारीले गर्नुभयो ।
हरिनगरमा स्वास्थ्यको सहज पहुँच नहुँदा सर्वसाधारण इनरुवा, विराटनगर र धरान जान बाध्य भएका थिए । तर, अव पाँच शैयाको अस्पताल र २४ सै घण्टा सेवा दिन सुचारु गरिएसँगै स्थानीय बासीन्दालाई ठूलो उपलब्धी भएको सञ्चालक समितिका सदस्य शिव श्रेष्ठले बताउनुभयो ।
सो क्रममा प्रदेशसभा सदस्य अन्सारीले स्वास्थ्य क्षेत्रको विकासका लागि आफूले भूमिका खेल्ने बताउनुभयो । सो क्रममा हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले अस्पताल सुरु गरेसँगै स्रोत र साधनले सम्पन्न बनाउनेतर्फ गाउँपालिका लाग्ने बताउनुभयो ।


