इटहरीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता यही पौष २८ गतेबाट सुरु हुने

alt

इटहरी । सुनसरीको इटहरीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता यही पौष २८ गतेबाट सुरु हुने भएको छ ।

           नेपाल क्रिकेट संघ काठमाडौंको आयोजना तथा सुनसरी जिल्ला क्रिकेट संघको सह आयोजनामा इटहरीका जनता क्रिकेट पार्कमा हुने जनाइएको हो ।

            सात वटै प्रदेशका महिला क्रिकेट टिमको सहभागिता रहने साथै सशस्त्र प्रहरीको एपिएफ क्लवको समेत प्रतियोगितामा सहभागिता रहने पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

               प्रतियोगिताका विषयमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा लिग र नकआउटका आधारमा खेल खेलाइने, २०ओभरको खेल हुने र आइसिसी को नियम अनुसार खेल खेलाइने सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेल सिपीले जानकारी दिए । प्रतियोगिता अवघि भर १८ वटा खेल हुने तथा विजेता ,उप विजेता ,म्यान अफ द सिरिज ,सर्वाेत्कृष्ट ब्याट्स म्यान ,सर्वाेत्कृष्ट बलरलाई पुरस्कार तथा ट्रफि प्रदान गरिने समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

               पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक विप्लव घोष , नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन कुमार सिहंले पनि प्रतियोगिताका विषयमा जानकारी गराएका थिए ।

पत्रकार सम्मेलनमा इटहरी उपमहानगरपालिका वडा नम्बर ९का वडाध्यक्ष जितेन्द्र थापाको समेत उपस्थिती रहेको थियो । 

    इटहरीमा सञ्चालनमा आयो ‘कवज कार रेण्ट सर्भिस’, २० भन्दा बढी कार भाडामा उपलब्ध इटहरीमा सञ्चालनमा आयो ‘कवज कार रेण्ट सर्भिस’, २० भन्दा बढी कार भाडामा उपलब्ध

    इटहरी । सुनसरीको इटहरीमा ‘कवज कार रेण्ट सर्भिस’ सञ्चालनमा आएको छ । ग्राहकको ...

    इटहरीमा ‘मकालु अर्गानिक मार्केट’ सञ्चालनमा, पहाड र हिमालका उत्पादन एउटै छानामुनि इटहरीमा ‘मकालु अर्गानिक मार्केट’ सञ्चालनमा, पहाड र हिमालका उत्पादन एउटै छानामुनि

    इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालय पछाडि कुबेर चोक नजिकै ‘मकालु ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]