इटहरी । जाडो महिनामा मानिसहरुमा विभिन्न किसिमका स्वास्थ्य समस्या हुने गरेको तर्फ मध्यनजर सर्वसाधारणलाई स्वास्थ्य उपचारको पहुँच पुर्याउने उद्धेश्यले इटहरीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
रोटरी क्लव अफ इटहरी र सार्वजनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा इटहरी उपमहानगरपालिका वडा नम्बर ८ शिवालय चोकमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

स्वास्थ्य शिविरमा आँखा, दाँत र प्रेसर परिक्षण सुविधा रहेको थियो । ग्लोवल आँखा केन्द्र इटहरी ,सुस्वास्थ्य डेन्टल अस्पताल इटहरी र इटहरी अस्पतालको प्राविधिक सहयोग रहेको थियो ।
रोटरी क्लव अफ इटहरीका अध्यक्ष संयोग पराजुलीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका वडा नम्बर ८का वडाध्यक्ष रोहित चौधरीको प्रमुख आतिथ्य रहेको निशुल्क स्वास्थ्य शिविरमा परिक्षण गरेका मोतिया विन्दु हुने विरामीहरुको निःशुल्क अप्रेसनको व्यवस्था मिलाइएको समेत जानकारी गराए ।
सार्वजनिक बचत तथा ऋण सहकारीको प्रारंगणमा आायोजना गरिएको स्वास्थ्य शिविरमा परिक्षण गरिएका विरामीहरुलाई निःशुल्क औषधि समेत उपलब्ध गराइएको थियो ।
निःशुल्क स्वास्थ्य शिविरमा सार्वजनिक वचत तथा ऋण सहकारी संस्थका अध्यक्ष चेतन धमला ,निवर्तमान अध्यक्ष गुणराज शर्मा, नागरिक समाज इटहरीका पुर्व अध्यक्ष सन्तबहादुर डुम्जन,पुर्व अध्यक्षहरु अनन्त विष्ट,अनिता अधिकारी ,विजु बैनी श्रेष्ठ,आगामी अध्यक्ष माधव न्यौपाने ,डक्टर एसोसिएसनका अध्यक्ष डाक्टर कृष्ण नेपाल, ग्लोवल आँखा केन्दका जिवन गौतम,सहकारीका रुद्रराज शर्मा लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । निःशुल्क स्वास्थ्य शिविरमा ५ सय बढीले स्वास्थ्य सेवा लिएका थिए ।


