थाइराइड तथा सुगरका विरामी लाइ निःशुल्क स्वास्थ्य सेवा दिदै इटहरी मेडिकल

alt

इटहरी । इटहरी तथा आसपासका क्षेत्रका मानिसहरुलाई २५ वर्ष अघि देखि स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको इटहरी मेडिकल एण्ड स्वास्थ्य उपचार क्लिनिक प्राइभेट लिमिटेडले थाइराइड तथा सुगरका विरामीहरुका लागि निःशुल्क स्वास्थ्य सेवा दिदै आएको छ ।

    पछिल्लो समयमा वढी रहेको थाइराइड तथा सुगरका विरामीहरुलाई लक्षित गरी इटहरी मेडिकलले मधुमेह ,थाइराइड तथा हर्माेन रोग विशेषज्ञबाट निःशुल्क परिक्षण सेवा यही मंसिर १० गते शनिवारदेखि  प्रत्येक शनिवारका दिन निःशुल्क स्वास्थ्य सेवा उपलव्ध गराउदै आएको जनाएको हो ।

   आगामी पुस २ गते शनिवार सम्म सञ्चालन गरिने  निःशुल्क स्वास्थ्य सेवा अन्तरगत हरेक शनिवार विशेषज्ञ चिकित्सक डाक्टर अनिल यादवबाट सेवा दिदै आएको तथा सुगरको निःशुल्क परिक्षणको व्यवस्था मिलाइएको इटहरी मेडिकलका व्यवस्थापक केदार कोइरालाले जानकारी दिए । WhatsApp Image 2022-12-04 at 14.16.37

उनले सुगरका विरामीहरुलाई खाली पेट रगत परिक्षण गरिने भएकाले हरेक शनिवार विहान ७ वजे देखि ११ वजे सम्म व्यवस्था मिलाइएको समेत वताए ।

  इटहरी मेडिकलमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुद्धारा प्रमाणित ख वर्गको अत्याधुनिक ल्याव सेवा र फोरडी  भिडियो एक्सरे सेवा सहित अनुभवी चिकित्सहरुले सेवा प्रदान गर्दै आएको समेत जानकारी गराइयो । इटहरी मेडिकलले इटहरी क्षेत्रमा स्वास्थ्य उपचार सेवा सहज रुपमा नभएको समय देखि नै सेवा प्रदान गर्दै आएको छ । 

    पथरी शनिश्चरेमा प्याब्सन स्पेलिङ कन्टेस्ट: सुपर्व प्रथम, किराँत दोस्रो पथरी शनिश्चरेमा प्याब्सन स्पेलिङ कन्टेस्ट: सुपर्व प्रथम, किराँत दोस्रो

    इटहरी । मोरङको पथरी शनिश्चरे–२ स्थित सिन भिलेज पार्टी प्यालेसमा आइतबार पालि ...

    कोशीमा पहिलोपटक हुने ‘हिकभिजन एक्सपेरियन्स एक्स्पो २०२६’ समापन कोशीमा पहिलोपटक हुने ‘हिकभिजन एक्सपेरियन्स एक्स्पो २०२६’ समापन

    इटहरी । सुरक्षा प्रविधिको क्षेत्रमा काम गर्दै आएको हिकभिजनले कोशी प्रदेशमा ...

    रविन्द्र बरालको नेतृत्वमा नेल्टा कोशी प्रदेशको २१ सदस्यीय नयाँ कार्यसमिति चयन रविन्द्र बरालको नेतृत्वमा नेल्टा कोशी प्रदेशको २१ सदस्यीय नयाँ कार्यसमिति चयन

    इटहरी । नेपाल इङ्लिस ल्याङ्ग्वेज टिचर्स एसोसिएसन नेल्टा कोशी प्रदेशको अध्यक ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]