इटहरी । ६० औँ इन्जिनियरस् दिवसको अवसरमा इटहरीमा निर्माण व्यवसायीहरूलाई घर निर्माण सम्बन्धी तालिम आयोजना गरिएको छ ।
लायन्स क्लब अफ इटहरी प्रोफेसनल र लियो क्लब अफ इटहरी प्रोफेसनलको आयोजना तथा इटहरी उपमहानगरपालिकाको सहयोगमा एक दिने तालिम आयोजना गरिएको हो । तालिममा ३५ जना निर्माण व्यवसायीहरुको सहभागिता थियो । घर निर्माण गर्दा अपनाउनु पर्ने सावधानी तथा मापदण्डको विषयमा स्ट्रक्चर इन्जिनियर सुशील चौधरी र सुमन भटटराईले निर्माण व्यवसायीहरूलाई जानकारी र तालिम दिनुभयो ।

घर निर्माण गर्दा कमसल सामाग्री, आवश्यक परामर्श तथा भुकम्प प्रतिरोधात्मक नबनाउँदा ठुलो जोखिम हुने जानकारी गराइएको थियो । तालिममा सहभागी निर्माण व्यवसायीलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो । लायन्स क्लब अफ इटहरी प्रोफेसनलका प्रेसिडेन्ट मिसन पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा इटहरीका मेयर हेमकर्ण पौडेलले ६० औँ इन्जिनियरस् दिवसको शुभकामना मन्तव्य दिनुभयो ।



