नेपाल परिवार नियोजन संघ सुनसरी अन्तरगतका परिवार स्वास्थ्य केन्द्र र क्लिनिकहरुका गत जनवरी देखि मे महिना सम्म पाँच महिनाको अवधिमा २०हजार ८९ जनालाई विभिन्न किसिमको स्वास्थ्य सेवा प्रदान गरेको  जानकारी गराइएको छ ।

          पत्रकार सम्मेलनमा  नेपाल परिवार नियोजन संघ सुनसरी अन्तर्गतको   परिवार स्वास्थ्य केन्द्र प्रमुख कुमार गिरीले सुरक्षित गर्भपतन,परिवार नियोजन साधन , महिला रोग ,एचआईभी भएकाहरुलाई परामर्श ,गर्भवती परिक्षण बचालाई खोप, यौन रोग ,बाझोपन ,युरिन  सम्वन्धी र हिसां सम्वन्धीत विषयमा परार्मश ,साधन वितरण तथा उपचार सेवा प्रदान गरिएको जानकारी दिएका हुन । उनले पाँच महिनाको अवधिमा १सय ३३ जना नवजात शिशुहरुको स्वास्थ्य परिक्षण गरिएको , ८सय ४५ जनालाई सुरक्षित गर्भपन सेवा प्रदान गरे ,८१ जनालाई सुत्केरी सेवा प्रदान गरेको समेत वताए ।

  चौविस घण्टे सुरक्षित सुत्केरी सेवा , चौविस घण्टे एम्बुलेन्स सेवा र प्रत्येक दिन भिडियो एक्सरे र ल्याव सम्वन्धी सेवा पनि परिवार स्वास्थ्य केन्द्रले दिदै आएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।  परिवार नियोजन संघ सुनसरी अन्तरगत चिकित्सकबाट सेवा प्रदान गर्ने धरान ,  इटहरी केन्द्र र नर्सले सेवा दिने भरोल केन्द्रमा हप्तामा ६ सेवा प्रवाह हुने र  अन्य गाउँनगरमा सञ्चालनमा रहेका ९ वटा क्लिनिकबाट हप्तामा एक दिने सेवा प्रदान गरिने नेपाल परिवार नियोजन संघकी प्रशिक्षक  रानु राउतले जानकारी दिइन ।

  परिवार नियोजन संघ सुनसरीले महिलाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षण सेवा समेत सञ्चालन गर्दै आएको छ । गाउँघर गएर महिलाहरुको  पाठेघरको निशुल्क क्यान्सर परिक्षण सेवा परिवार नियोजन संघ परिवार स्वास्थ्य केन्द्रले दिदै आएको छ ।