इटहरी । गर्भ पतन तथा यौन स्वास्थ्यका क्षेत्रमा
काम गर्दै आएको नेपाल परिवार नियोजन संघ सुनसरी को प्रदेश स्तरीय समन्वय वैठक
सुनसरीको इटहरीमा सम्पन्न भएको छ ।
नेपाल परिवार नियोजन संघ सुनसरी अन्तर्गत
रहेको इटहरी शाखामा बसेको वैठकमा संघले डिएफएटी प्रोजेक्ट अन्तर्गतका विषयमा
जानकारी गराएको हो ।
बैठकमा नेपाल परिवार नियोजन संघले
सञ्चालन गर्दै आएको अस्ट्रेलियन एड को डिएफएटी प्रोजेक्टका विषयमा संघका इटहरी प्रमुख
कुमार गिरीले जानकारी गराएका थिए । प्रोजेक्ट सुरु भएको छोटो समयमा लक्षित समुदायका
नागरिक लाई सामाजिकसंजाल, एस एम एस का साथै टेलिफोनबाट ७ सय ९४ जनालाई परामर्श सेवा दिएको ,
१८ जनालाई मेडिकल गर्भपतन सेवा प्रदान
गरेको लक्षित समुहका स्वास्थ्य सामाग्री वितरण गरिएको लगायतका विषयमा गिरीले
बैठकलाई अवगत गराए ।
डिका प्रोजेक्ट अन्तरगत समन्वय वैठकमा नेपाल
परिवार नियोजन संघका डा.मनिस अर्याल, स्वास्थ्य अधिकृत रानु राउत इटहरी उपमहानगरपालिका जनस्वास्थ्य
अधिकृत,घनश्याम सिग्देल, दिनेश कुमार चौधरी, जनप्रतिनिधि हरि माया बि क तहम बहादुर खड्का, मानव कल्याण समाजका देव नारायण चौधरी
, सहयोगी महिला समुहकी
दुर्गादेवी आर्चाय सहित विभिन्न संघ संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको
सहभागिता रहेको थियो ।


