सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिकाको दशौँ नगर सभामा उपप्रमुख अकली चौधरीले १ अर्ब ८१ करोड ५३ लाख ६२ हजार ७ सय ३४ रुपैयाँको बजेट प्रस्तुत गरेकी छिन् ।
बजेट प्रस्तुत भइसकेपछि सो नगरसभाले विभिन्न ८ वटा निर्णय पास गरेको छ । जसमा कर्मचारीलाई पुरस्कृत गर्नेदेखि कर्मचारीलाई सेवबाट हटाउनेसम्मका निर्णय रहेका छन् ।
नगर सभामा जनही ५० हजार रुपैयाँ राशीको उत्कृष्ट कर्मचारी पुरस्कार वासुदेव सुवेदी र टीकाराम जमरकट्टेललाई दिने त्यस्तै, २ लाख रुपैयाँ राशीको सर्वाेत्कृष्ट कर्मचारी पुरस्कार आठौं तहका अधिकृत जीवन चापागाईँलाई दिने प्रस्ताव नगरसभाले पारित गरेको हो । चापागाई २६ वर्ष १ महिना १३ दिन काम गरी सेवानिवृत्त भए ।
नगरसभाले प्रक्रिया नपुर्याई भर्ना भएका करारका कर्मचारीको करार अवधि नथप्ने निर्णय गरेको छ । सो निर्णयका कारण २ दर्जन हाराहारी कर्मचारीको करार अवधि सकिने नगरपालिका स्रोतको भनाइ छ ।


