काठमाडौं । सरकारले आइतबार बिदा दिने निर्णय खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्

बैठकले आगामी असार १ गतेदेखि लागू हुने गरी आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको हाे ।

                   वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै हप्तामा शनिबार र

आइतबार बिदादिने निर्णय गरेको थियो । उक्त निर्णय जेठ १ गतेदेखि कार्यान्वयनमा आएको थियो ।