इटहरी । इटहरी–८ का वडाध्यक्ष रोहित चौधरीले एक जना मृगौला पीडितलाई आर्थिक सहयोग गरेका छन् ।

इटहरी–५ जनता बस्तीमा बसोबास गर्ने सुमन ढोली करीब चारवर्ष यता मृगौला पीडित भएकाले उनलाई घरैमा पुगेर वडाध्यक्ष चौधरीले आर्थिक सहयोग गरेका हुन् ।

औषधि तथा खाद्यान्नका लागि वडाध्यक्ष चौधरीले नगद ८ हजार पाँच सय रुपैयाँ सहयोग गरेका हुन् । औषधि उपचार गर्न समस्या भएकाले सहयोगको अपिल समेत गरिएको छ ।