इटहरी । इटहरीस्थित वेदान्त हस्पिटल प्रा. लि. मा बरिष्ठ सर्जनद्वारा दैनिक अप्रेसन सेवा प्रदान गरिने भएको छ । 

प्रदेश नं.१ मा लामो समयदेखि विभिन्न अस्पतालमा आबद्धरहि ल्याप्रोस्कोपी सर्जरी गर्दै आएका दक्ष, अनुभवी एवम् तालिम प्राप्त सर्जन डाक्टर सुनित अग्रवालले अब वेदान्त हस्पिटलमा दैनिक सेवा दिने भएका हुन् ।  

बरिष्ठ सर्जन अग्रवालद्वारा दुरबिनबाट पेट सम्वन्धी सम्पूर्ण सेवा जस्तै पितथैलीको पत्थरी, एपेन्डिक्स, हाइड्रोसिल, हर्निया, पाइल्स, फिसर, फिस्टुला, पेट रोग, स्तन रोग, मृगौला पथरीको अप्रेसन गरिने हस्पिटलले जनाएको छ । 

यस्तै प्रोस्टेट, पिलो, कान चुडिएको, लिङ्‌गको छाला नफर्केको, नङ गाडिएको शरीरका कुनै पनि ठाउँमा गाँठागुठी मुसा, खिल र अन्य कुनै पनि सर्जरी गर्नु परेमा दैनिक सेवा उपलब्ध छ ।