इटहरी/इटहरीमा आज बिहान ७ बजे कुटपिट भएका नेकपा एमालेका निर्वाचन परिचालन कमिटीका सह—संयोजक हिमाल सुवेदि माथि ज्यान मार्ने उद्योगमा प्रहरीमा जाहेरी दिएका छन् ।
इलाका प्रहरी कार्यलय इटहरीमा सुवेदिले आज जाहेरी दर्ता गरेका छन् ।केशव विष्टका छोरा कैलाश विष्ट सहित तिन जनाले आफु माथी कुटपिट गरेको भन्दै जाहेरी दिएका हुन् ।
उनलाई विष्टले सामाजिक सञ्जाल फेसबुकमा आफु माथि आक्रमण गर्ने धम्कि दिएको पनि जाहेरीमा उल्लेख गरेका छन् । इटहरीको मतगणना स्थलबाट बाहिरिदै गर्दा वडा न. ६ का पुर्व वडाध्यक्ष दिपक गौतमको घर अगाडि उनिमाथि आक्रमण भएको जाहेरीमा उल्लेख गरिएको छ ।


