इटहरी/इटहरीमा नेकपा एमालेका नेता हिमाल सुवेदीमाथि कुटपिट भएको आरोप लागेको छ । उनि माथि नेकपा एकिकृत समाजवादीबाट इटहरी उपमहानगरपालिकाको लागि उपमेयर पदमा उम्मेदवारी दिएका केशवकुमार विष्टका छोरा कैलाश विष्टको समुहले कुटपिट गरेको पिडित सुवेदीले पत्रकार सम्मेलन गर्दै जानकारी दिए । सुवेदिका अनुसार बिहान ७ बजे आक्रमण भएको र आक्रमण हुनुभन्दा १५ मिनेट अघि फेसबुकमा ज्यान मार्ने धम्कीसहित म्यासेज आएको सुवेदीले बताएका छन् । सुवेदीमाथि आक्रमण भएपछि अहिले इटहरीको पुर्व—पश्चिम राजमार्गमा कार्यकर्ताहरुले नाराबाजीसहित प्रदशन गरिरहेका छन् । प्रदशनका कारण अहिले पुर्व—पश्चिम राजमार्गमा सवारीसाधन आवतजावत अवरुद्ध भएको छ । अहिले बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।


