धनकुटाः गठबन्धन गरेर नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वारी दिएका नेपाली कांग्रेसका जितेन्द्र रुम्दाली राई धनकुटाको साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् ।

एमालेबाट उम्मेद्वार रहेका निवर्तमान गाउँपालिका अध्यक्ष कुमारजंग याख्खालाई उनले पराजित गरेका हुन् । अघिल्लो निर्वाचनमा याख्खाले राईलाई पराजित गरेका थिए ।

पर्यटन व्यवसायी रुम्दाली होटल एशोशिएसन भेडेटारका अध्यक्ष हुन् । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी वीच चुनावी गठबन्धन भएको थियो । जनता समाजवादीबाट भेडेटारकै अर्का पर्यटन व्यवसायी लीलाराज लावतीले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । उनी एमालेका उम्मेद्वारसँग पराजित भएका छन् ।