लेटाङ । मोरङको लेटाङ नगरपालिकामा वडा नम्बर ९ मा मिश्रित नतिजा आएको छ । वडाध्यक्ष पदमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नन्द प्रसाद खतिवडा विजयी हुँदा अन्य ४ जना सदस्यमा भने नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । वडाध्यक्ष पदमा निवर्तमान वडाध्यक्ष समेत रहेका नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद लुइँटेललाई ८६ मतले पराजित गर्दै खतिवडा विजयी हुनु भएको हो । खतिवडा ११५२ मतदका साथ विजयी हुँदा पराजित हुने लुइँटेलले १०६६ मत प्राप्त गर्नुभयो । यता वडासदस्यहरुमा भने ४ जना नै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । महिला सदस्यमा ११२५ मतका साथ कमला राई, दलित महिला सदस्यमा १०९५ मतका साथ हरिमाया विक, खुल्ला सदस्यमा १११७ मतका साथ खेमराज ढकाल इन्द्र र ११०३ मतका साथ गोपाल मगर विजयी हुनु भएको छ । यस वडामा नगर प्रमुख र उपप्रमुख पदमा पनि नेकपा एमालेका उम्मेदवारले नै बढी मत प्राप्त गरेका छन् ।