बैशाख ३० गते स्थगित भएको भएको शहिदभूमी गाउँपालिकाको वडा न ६ का ३ वटा मतदान केन्द्रमा सुरक्षा व्यावस्था मजबुत बनाएको जिल्ला प्रशासन कार्यलय धनकुटाले जनाएको छ ।
निर्वाचन अधिकृतको कार्यलयले बैशाख ३० गते स्थगित भएको मतदान जेठ २ गते गर्ने निर्णय गरे संगै सुरक्षाका लागि नेपाल प्रहरी, सशत्र प्रहरी र बाहिरी सुरक्षाका लागि नेपाली सेना समेत लाई परिचालन गर्ने गरि सुरक्षा ब्यावस्था मिलाईएको जिल्ला प्रसाशन कार्यलय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले जानकारी दिनु भयो ।
बैशाख ३० गते करिब १९ प्रतिशत मतदान भई सके पछि राजनैतीकदलका कार्यकर्ता विच विवाद कारण स्थगित भएको मतदान पुन भोली हुन लागेको हो । मतदान जेठ २ गते विहान ७ बजे देखि वेलुका ५ बजे सम्म थलथलेको ठाकुरदेबि मावि क, ख र ग केन्द्रमा संचालन हुने निर्वाचन अधिकृतको कार्यलय शहिदभूमीले जनाएको छ ।


