इटहरी । भोजपुरको पौवादुङमा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार किरण राईको अग्रता कायम नै रहेको छ ।

पछिल्लो मतगणना अनुसार उनले ११५२ मत ल्याई अग्रता कायम गरेका हुन् । उनले यसअघि पनि गाउँपालिकाकाे अध्यक्ष भइ काम गरिसकेका छन् ।उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार टेक नरसिंह कार्कीले ९७२ मत ल्याएका छन् भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार नगेन्द्रबाहादुर भुजेलले हालसम्म ९७२ मत ल्याएका छन् ।

यस्तै, एमालेकी उपमेयरकी उम्मेदवार ज्योत्सना राईले १०९४ मत ल्याई अग्रता कायम गरेकी छिन् । उपमेयरमा माओवादी उम्मेदवार सम्झना राईले १००७ मत प्राप्त गरेकी छन् । र, नेपाली कांग्रसकी उपमेयरकी उम्मेदवार रामकुमारी राईले ९७५ मत प्राप्त गरेकी छिन् ।

गाउँपालिकाको उमेदवारहरुको मतगणना जारी छ ।