झापा । अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा ६ दलीय महागठबन्धनलाई हराउँदै वडा नं १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ।

आइतवार बिहान आएको मतपरिणाम अनुसार मेयरमा पनि एमालेकी गीता अधिकारीको अग्रता कायमै छन।

वडा नम्बर १ को अध्यक्षमा हरि न्यौपानेको प्यानल नै विजयी भएको हो।

परिणाम अनुसार अध्यक्षमा न्यौपानेले १२ सय ८८ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी ६ दलीय गठबन्धनका तारा अधिकारीले १२ सय ६३ मत ल्याए।