इटहरी । इटहरी नगरपालिकाको नयाँ मत परिणाम सार्वजनिक भएको छ । जस अनुसार मेयर पदमा गठबन्धनबाट मेयरकाे उम्मेद्वारी दिएका हेमकर्ण पाैडेलले अग्रता कायमै राखेका छन् ।
कांग्रेसका पाैडेलले ११२९ मत प्राप्त गगर्दा उनका प्रतिद्वन्दि एमालेका सुब्बाले ७२४ मत प्राप्त गरेका छन् ।त्यस्तै गठवन्धन अन्तरगत नेकपा एसबाट उपमेयरका उम्मेद्वार बिस्टले ७५५ मत प्राप्त गरेका छन् भने एमालेकि संगिताले ७९३ मत प्राप्त गर्दै अग्रता कायम गरेकी छिन् । अहिले इटहरी उपमहानगरकाे वडा नं १, २ , १९ र २० काे मतगणना भइरहेकाे छ ।