पाँचथरको फालेलुङ गाउँपालिका-६ को वडाध्यक्षमा गठबन्धनका अमरबिर राईसहित उनको प्यानल नै विजयी बनेको छ । नेपाली काङ्ग्रेस फालेलुङ–६ का सभापतिसमेत रहेका अमर कलम चिह्नबाट उम्मेदवार बनेका थिए । 

वडाध्यक्षको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी पनिता राईलाई ४८ मतले पछि पार्दै राई विजयी बनेकी छन् । अमरले ४२३ मत प्राप्त गर्दा पनिताले ३७५ मत प्राप्त गरेकी छन् । यस वडामा कुल १३ सय ३६ मतदातामध्ये ८७० जनाले मतदान गरेका थिए ।