इटहरी /भोजपुरको पौवादुङमा गाउँपालिका वडा नम्बर १, श्यामशिलाकाे वडाध्यक्षमा एमालेका राजेन्द्र तामाङ विजयी बनेका छन् । तामाङ ४५९ मत ल्याएर वडाध्यक्ष जितेका हुन् ।
एक हजार २१ मत गणना गर्दा गाउँपालिका अध्यक्षमा ३६९ मत एमालेका किरण राईको अग्रता रहेको छ । काङ्ग्रेसका टेकनरसिंह कार्कीले ३३४ र माओवादी केन्द्रका नगेन्द्र भुलेलले २०१ मत ल्याएका छन् । गाउँपालिकामा ६ वटा वडा छन् ।


