इटहरी : इटहरीमा मतगणना सुरु भएको छ ।

उपमहानगर परिसरमा मतगणना सुरु भएको हो ।

निर्वाचन अधिकृतको कार्यालय इटहरीका अनुसार इटहरी १ र २० नं. वडाबाट मतगणना सुरु भएको हो ।शनिबार बिहान सर्वदलीय बैठक बसिसकिएपछि दिउँसो १२:४५ बजेबाट मतगणना सुरु भएको हो ।

उपमहानगर परिसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीको सुरक्षासहित मतगणना भएको हो ।