विराटनगर महानगरपालिकामा आजैबाट मतगणना हुने सम्भावना न्यून भएको छ । मतपेटिका सङ्कलनपछि सर्वदलीय छलफल गर्नुपर्ने भएका कारण आजबाट मतगणना हुने सम्भावना न्यून रहेको हो ।
मतदानस्थलबाट मतपेटिका सङ्कलनपछि सर्वदलीय छलफल गर्ने र छलफलपछि मतगणनाको समय निर्धारण गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर ढुकाथोकीले बताए । उनका अनुसार मतपेटिका सङ्कलनपछि आजै सर्वदलीय बैठक बस्ने छ ।मतपेटिका सङ्कलनपछि सर्वदलीय छलफल हुन्छ,’ उनले भने,‘ आजैबाट गणना हुने सम्भावना न्यून छ ।’ विराटनगरको मतगणना आदर्श स्कुलमा हुने छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आजै मतगणनाका लागि सुझाव दिइएको बताए । ‘मतगणना निर्वाचन अधिकृतको कार्यालयले गर्ने हो, हामीले सुरक्षा दिन्छौँ,’ उनले भने,‘हामीले आजै रातिबाट सुरु गर्न सुझाव दिएका छौँ।’
महानगरमा एक लाख ३३ हजार मतदाता छन् ।


