बाग्लुङ । बागलुङको बडिगाड गाउँपालिकामा एमालेबाट अध्यक्ष पदका उम्मेदवार राजन कुमार पाईजामाथि हातपात भएको छ। बुधवार रातको पौने १ बजे हातपात भएको खार प्रहरी बिटका हवल्दार सुरेश पौडेलले जानकारी दिए ।

प्रहरीले म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं १३ मा  घर भएका २५ बर्षीय स्वदेश बुढाथोकी र बडिगाड गा पा वडा नं. ५ न्वार निवासी २३ बर्षका सन्दिप थापालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ ।

एमाले उम्मेदवार पाईजाकाअनुसार ६ वटा बाईकमा करिब १२ जना जति धारिलो हात हतियार सहित आएर आक्रमण गरेका थिए । पाइजाका अनुसार समुहमा आएका अर्जुन पाईजा बडिगाड गाउँपालिका का कांग्रेस उप सभापति र उम्मेदवार पाइजाका भतिज पर्छन् । घटनामा उम्मेदवार राजनका बुवा तथा वर्तमान गाउँपालिका अध्यक्ष मेहर सिंह पाईजाको पनि कपडा च्यातिएको छ । 

बडिगाड गाउँपालिकामा अहिलेको निर्वाचनमा अध्यक्ष पदमा एमालेको तर्फबाट राजन पाईजा उम्मेदवार हुन् भने गठबन्धनको तर्फबाट गण्डकी थापाले उम्मेदवारी दिएका छन् ।

घटनास्थलबाट प्रहरीले २ वटा हँसिया, एउटा हथौडा, २ वटा फलामको रड र अन्य काठका लौराहरु बरामद गरेको छ । घटनालाई लिएर बडिगाड गाउँपालिकामा रहेको नेकपा (एमाले)ले विज्ञप्ती जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  आक्रमणकारीहरुलाई पक्राउ गरी कारवाही गर्न माग गरेको छ ।

 तिहार बिदामा पनि झापामा राहदानी र राष्ट्रिय परिचयपत्र वितरण तिहार बिदामा पनि झापामा राहदानी र राष्ट्रिय परिचयपत्र वितरण

इटहरी ।  तिहार मनाउन घर आएका वा बिदापछि कार्यक्षेत्र फर्कनुपर्ने हतारो ...

ब्राउन सुगरजस्तो देखिने पदार्थसहित बेलबारीबाट एक जना पक्राउ ब्राउन सुगरजस्तो देखिने पदार्थसहित बेलबारीबाट एक जना पक्राउ

इटहरी । मोरङको बेलबारीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरजस्तो देखिने पदार् ...

प्रेम सम्बन्धको विवादले लियो हत्याको रूप, श्रीमती र भारतीय प्रेमी पक्राउ प्रेम सम्बन्धको विवादले लियो हत्याको रूप, श्रीमती र भारतीय प्रेमी पक्राउ

इटहरी । विवाहेत्तर प्रेम सम्बन्धबारे थाहा पाएपछि मोरङको जहदामा एक पुरुषको ह ...