मतदाता नामावलीमा समावेश भएकाले मतदाता परिचयपत्र विना नै भोट दिन पाइने

alt

    इटहरी : निर्वाचन आयोगले स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनमा मतदाता नामावलीमा समावेश भएका नागरिकलाई मतदाता परिचयपत्र नभए पनि अन्य उपयुक्त सरकारी कागजातको आधारमा मतदानमा सहभागी गराउने निर्वाचन आयोगले जनाएको छ ।

    निर्वाचनमा मतदान गर्न पाउने मतदाताको मताधिकारको सम्मान गर्दै निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताले समेत मतदान गर्न पाउने व्यवस्था गरेको हो । 

    मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न जाँदा कुनै कारणवश: मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेको परिचयपत्र हराएमा वा नष्ट भएमा पनि मतदान गर्न पाउने छन् । अघिल्ला निर्वाचनहरूमा जस्तै आयोगले यो पटक पनि फोटो टाँसिएका सरकारी पहिचान खुल्ने कागजातका आधारमा मतदान गर्न सकिने व्यवस्था मिलाएको आयोगले जानकारी दिएको छ । 

    आयोगले मतदाता परिचयपत्र नभए पनि नागरिकता वा अन्य सरकारी पहिचान खुल्ने कागजात जसमा फोटो टाँसिएको हुन्छ, त्यस्ता कागजात वा प्रमाण देखाएर मतदान गर्न सक्ने निर्णय आयोगले गरेको छ । आयोगले जारी गरेको सूचनामा मतदाता परिचयपत्रको विकल्पमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गा धनी प्रमाण पुर्जाको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाइने उल्लेख छ ।

    Nirbachan-aayog-Suchana


     तिहार बिदामा पनि झापामा राहदानी र राष्ट्रिय परिचयपत्र वितरण तिहार बिदामा पनि झापामा राहदानी र राष्ट्रिय परिचयपत्र वितरण

    इटहरी ।  तिहार मनाउन घर आएका वा बिदापछि कार्यक्षेत्र फर्कनुपर्ने हतारो ...

    ब्राउन सुगरजस्तो देखिने पदार्थसहित बेलबारीबाट एक जना पक्राउ ब्राउन सुगरजस्तो देखिने पदार्थसहित बेलबारीबाट एक जना पक्राउ

    इटहरी । मोरङको बेलबारीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरजस्तो देखिने पदार् ...

    प्रेम सम्बन्धको विवादले लियो हत्याको रूप, श्रीमती र भारतीय प्रेमी पक्राउ प्रेम सम्बन्धको विवादले लियो हत्याको रूप, श्रीमती र भारतीय प्रेमी पक्राउ

    इटहरी । विवाहेत्तर प्रेम सम्बन्धबारे थाहा पाएपछि मोरङको जहदामा एक पुरुषको ह ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]